आधुनिक युग र आज को युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिलाहरु भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् । ‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ यो एक महिला को भनाई हो।‘जेठाजुलाई कपाल नदेखाउने प्रचलन रहेको हाम्रो समाजमा बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ यो एक अर्को महिलाको धारणा हो ।
कोही महिलाहरु भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागा बाबा शिवरात्री कै आकर्षक पनि हो ।’ दर्शन गर्न आएकी एक महिलाले भनिन् । तर अर्को बिडम्बना बाबा हरु ले अभद्र व्यवहार गरेको पनि पाइएको छ र त्यहि अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।नांगा बाबा हरुको अभद्र व्यवहारहरुमा कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन्
No comments
Post a Comment