Latest News

Monday, February 6, 2017

एमाले सांसद रावलकी एक्ली छोरी अम्बिकाको सडक दुर्घटनामा परी निधन

लाइट नेपाल 
काठमाडौं, २५ माघ । नेकपा एमालेका सांसद एल.बि. रावलकी छोरीको सडक दुर्घटनामा परी निधन भएको छ । राजधानीको बालकुमारी पुल नजिकै सडकमा हिडिरहँदा जीपको ठक्करबाट गम्भीर घाइते भएकी अम्बिका रावलको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो ।
‘अष्ट्रेलियाको तयारी गरिरहेकी अम्बिका आयल्स पढ्न जाने क्रममा हिजो दिउँसो बालकुमारी पुलनेर बाटोमा हिडिरहेको बेला जीपले पछाडीबाट ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागी घाइते हुँदा अस्पतालको भेन्टिलेटर राखेका थियौं,’ उनले भनिन्- ‘आज दिउँसो दुई बजे संसार छाडिन् । अम्बिका बझाङ क्षेत्र नम्बर दुईका निर्वाचित सांसद रावलकी एक्ली छोरी हुन् । घटनापछि जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments

Post a Comment