भर्खरै बेहुली बोकेर फर्केको जन्ती बस दुर्घटना : ४ को मुत्यु, १६ घाइते, ४ को अवस्था गम्भिर....क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोसपाल्पा – पाल्पामा गएराती जन्ती बोकेको जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मुत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
पाल्पाको दोभान गाविस ३ मा सोमबार बेलुका साडे ८ बजे दोभानबाट ज्यामुरे विवाह सकेर घर फर्किन लागेको जन्तीको बाजागाजासहितको लु १ ज २६८९ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ४० वर्षीय जसविर बकावल मगर, ३० वर्षीय मिन बहादुर थापा मगर, ४९ वर्षीय हरि बहादुर राना र २६ वर्षीय यम बहादुर रानाको मुत्यु भएको छ । दुर्घटनामा घाइते सबैको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ ।

No comments
Post a Comment