कैलाली । शुक्रबार धनगढीमा स्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट हराएको २३ लाख ४४ हजार रुपैयाँ मध्ये २२ लाख ७० हजार रुपैयाँ अत्तरिया नगरपालिका १० बासखेडा स्थित लीला जोशीको घरमा भेटिएको छ ।
रकम हराएको विषयमा प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा पक्राउ परेका बैंकका कर्मचारी गोविन्द उपाध्यायको वयानको आधारमा उक्त रकम फेला परेको हो । उपाध्यायले नै रकम आफ्नी भाउजु लिला जोशीको घरमा लुकाएको हुन सक्ने अनुमान प्रहरीको छ । शुक्रबार दिउँसो बैंकको एटीएममा राख्नका लागि तयार पारिएको उक्त रकम एटीएममा नै नराखी गायब पारिएको थियो ।
पैसा हराएको खबर पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेय शनिबार नै हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए । पैसा हराएसंगै बैंकको चाबी पनि हराएको थियो । आईतबार विहान बैंकका कर्मचारी चाबी गायब भएपछि ताला काटेर बैंकको सटर खोलिएको छ ।न्युज २४ मा छ

No comments
Post a Comment