दाङ । दाङमा हराएका भनिएका एक बालक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हराएका भनिएका पञ्चकुले ८ ढोलपुरका चित्रबहादुर डाँगीका ७ बर्षीय छोरा दिपेश डाँगी आइतवार विहान आफ्नै घरको काठको बाकसमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाका अनुसार शनिवार दिउँसो दिपेश हराएको भन्दै घरपरिवारले स्थानीय प्रहरीलाई खबर गरेको थियो । बालक हराएको खबर पाएपछि प्रहरी र स्थानीयले दिनभरी खोजतलास गरेका थिए ।
तर, हराएका बालक भेटिएका थिएनन् । आइतवार बिहान हराएका बालक दिपेशकी हजुरआमाले बर्खी निकाल्न बाकस खोल्दा नाती बाकस भित्रै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । केही निकाल्न बालक बाकस खोलेर बाकस भित्र पस्दा ढक्कन लागेर थुनिदा निसास्सिएर मृत्यु भएको हुनसक्ने डीएसपी तिम्सिनाले बताउनुभयो ।
मृत बालकको शव पोष्टमार्टमका लागि बाकस सहित राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

No comments
Post a Comment