Latest News

Saturday, February 18, 2017

मृत्युपछि मान्छेको शरिरमा हुने ७ परिवर्तनरू जानी राखौ

जन्मपछि मृत्यु अवस्य छ । अध्यात्म सुनेका-पढेकाले होइन बुझेकाले आत्माको वास्तविक विशेषता जान्छन्। पूर्नजन्म हुदैन भनी तर्कले जति वर्णन गर्न सकिन्छ हुन्छ भनी त्यति नै तर्क गर्न सकिन्छ। तर अध्यात्म बुझेका ध्यानीहरु यसको रहस्य केवल ध्यान गरेरै बुझ्न सकिने र आफुले मात्र बुझ्न सकिने भएकाले बाहिर खासै चर्चा गर्न उचित ठान्दैनन।
त्यसैले पनि मान्छेको मृत्युपछि शरीर तथा उसको आत्माले के गर्छ भन्ने कुरा भने अझै रहस्यमयी छ । यसमा विज्ञानले समेत कुनै प्रमाण भेट्न सकेको छैन। केही संकेत भने विज्ञानले पनि मान्दछ। मृत्युपछि शरिरमा आउने परिवर्तन भने विज्ञानले तर्क गर्छ सक्छ। मान्छेको शरीरभित्र के हुन्छ ? मेडिकल रिपोर्ट अनुसार मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउछन् ।

१. मृत्युपछि शरिरभित्र सडेका भागहरुबाट बनेकोे ग्यास आखाबाट बाहिर निस्कन्छ । त्यसैलाई हाम्रो चलन चल्तीको भाषामा मृतआत्मा आखांबाट बाहिर निस्केको भन्ने विश्वास गरिन्छ ।

२. पोष्टमार्टमको समयमा मृतशरीरबाट आवाज निस्किन्छ । यसबाहेक शरिरभित्र रहेका ब्याक्टेरियाले ग्यास बनाउंछन् र स्वासप्रश्वास क्षेत्रमा दबाव पर्न जान्छ । जसले गर्दा आवाज बाहिर निस्कन्छ ।

३. मृत शरिरबाट बच्चाको जन्म पनि हुन सक्छ । पश्चिममा यसलाई ‘कफिन बर्थ’ भनेर पनि चिनिन्छ । गर्भवती महिलाको मृत्यु भएमा यसरी बच्चा जन्मिने सम्भावना हुन्छ । मृत्यु पश्चात शरिरमा बन्ने ग्यासले बच्चालाई गर्भबाहिर धकेल्छ र बच्चा जन्मिन्छ ।

बच्चाको बाच्ने सम्भावना एकदम कम हुन्छ ।

४. मृत शरीरलाई खुला छोडिदियो भने त्यो यत्तिकै सुकेर जान्छ ।

५. मृत शरिरबाट छाला लगायतका अन्य नरम अंगहरु कुहिएर सकिन्छन्। हड्डी कुहिन लामो समय लाग्छ।

७. चिसो ठाउमा मृत शरिर लामो समयसम्म पनि जस्ता को त्यस्तै रहन्छ । चिसो ठाउमा व्याक्टेरियाको असर नपर्ने हुदा शरिर जस्ताको त्यस्तै हुन्छ ।

-नेपाली हेडलाइन्स

No comments

Post a Comment