Latest News

Monday, February 20, 2017

यी हुन् यौन सम्पर्कका ८ वटा फाइदाहरु जानी राखौ

काठमाडौं । केही मानिसहरु यौन सम्पर्कलाई अत्यन्तै नकारात्मक रुपमा सोच्ने गर्छन् । तर यौन सम्पर्क माया र सन्तान उत्पादनको प्रक्रिया त हो नै तर यसले मानिसको अस्तित्व रक्षाका साथै हृदयघातसम्मका रोगबाट बचाउन मद्दत गर्छ ।
यौन सम्पर्कका ९ फाइदाहरु यसप्रकार छन् -:
मुड फ्रेस बनाउँछ
माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । यौन सम्पर्कको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो साथीप्रति बढी इमान्दार बन्न, शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ ।

मुटु स्वस्थ राख्छ
बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्नेलाई मुुटुसँग सम्बन्धी विभिन्न समस्याको सम्भावना न्यून हुन्छ ।व्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर वीइसवर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा ह्दयघातको खतरा अत्यन्तै कम हुन्छ। ‘जहाँसम्म मुटुको सवाल छ, सेक्स अर्को प्रकारको व्यायाम पनि हो,’ गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङसन एशोशियसनका अध्यक्ष डा. ग्राहम ज्याक्सन भन्छन, ‘फिटनेसको सन्र्दभमा भन्ने हो भने एक पटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नु जस्तै हो ।’

चिसो लाग्नबाट बचाउँछ
यौन सम्पर्कले चिसोसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । सातामा एक÷दुई पटक नियमित सेक्स गर्दा इम्युनोग्लोबुलिन ए (आइजीए) प्राप्त हुन्छ । जसले चिसोबिरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ ।

आयु बढाउँछ
आयु र सेक्सका बारेमा गरिएका विभिन्न अध्ययनहरु मध्ये वेल्सका मानिसहरुमा गरिएको एउटा अध्ययन निकै महत्वपूर्ण सावित भएको छ । अध्ययन अनुसार महिनामा मुस्किलले एक पटक मात्र सेक्स गर्ने मानिस सातामा दुई पटक सेक्स गर्नेको तुलनामा छिट्टै मृत्यु हुने बढी सम्भावना हुन्छ । ‘यौन गतिविधिको पुरुषको स्वास्थ्यमा रक्षात्मक प्रभाव पर्छ,’ डा. ब्रिउर भन्छिन् ।ताइवान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नियमित यौन सम्पर्क गर्नेहरुको आयु बढ्ने पत्ता लगाएका हुन् । तर, महिलाहरुमा भने यो तथ्य लागु नहुने बताइएको छ ।

उर्वरता बढाउछ
नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतरा पनि कम हुन्छ । नियमित वीर्य फालिरहँदा वीर्यको गतिमा तीब्रता आउँछ । जब उर्वरताको कुरा आउछ, हरेक रात यौन सम्बन्ध राख्नु उपयुक्त हुन्छ । अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।

दिमागको कोष बढाउँछ
३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।

मिठो निद्रा लाग्छ
यौन सम्बन्धपछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हर्मोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।

आत्मसम्मानमा वृद्धि
यौन सम्बन्धले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो ।सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ । 

No comments

Post a Comment