काठमाडौँ । रामछापकी १८ बर्षीया सपना खड्कालाई माइला केसीले बाजा बजाएर घरमा भित्र्याए । तर बिहो गरेर ल्याएको केही दिनमा उनले गर्भ फालेको रहस्य खुल्यो । माइलाले श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरेपछि घर सल्लाह गरेर उनलाई त्यही रात माइतीमा लगेर छोडीदिए माइलाले । गाउँलेले हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि भेलाले र राधेश्याम खड्कालाई गाउँ निकाला गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी ९दाजु र बहिनी० हुन् ।यस्ता गतिविधिले गाउँमा विसंगती बढ्ने भन्दै आगामी दिनमा विकृति र विसंगती रोक्नको लागि गाउँ निकाला गर्ने निर्णय गरिएको गाउँलेको भनाई छ । आफ्नै दाजु बहिनीबीच अवैध सम्बन्ध रहनु र विवाह गरेर पठाएपछि अवैध रुपमा गर्भपतन गराउनु अपराध भएको भन्दै उनीहरु दुवैलाई गाउँ निकाला गरिएको बताइन्छ ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment