Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 30, 2017

बंगलादेशी नागरिकसँग नेपाली नागरिकता,साउदीमा काम गरेर फर्किएका हुसेन विमानस्थलबाट पक्राउ

गत असोज ३० गते वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक जना व्यक्ति काठमाडौंस्थित विमानस्थलमा ओर्लिए।अध्यागमनका विभागका कर्मचारीले सामान्य सोधपुछ गरे। आफ्नो घर कहाँ हो, बुबाको नाम के हो जस्ता प्रश्नको पनि उनले उत्तर दिन सकेनन्।
उनको साथमा नेपाली पासपोर्ट थियो। नेपाली भएर पनि सामान्य नेपाली नबुझेप
छि अध्यागमनका कर्मचारी छक्क परे।
सर्लाहीबाट पासपोर्ट बनाएका उनीमाथि अध्यागमनका कर्मचारीले मैथिली र भोजपुरी भाषामा पनि केही प्रश्न गरे। उनले ती प्रश्नको पनि जवाफ दिन सकेनन्।
त्यसपछि नियन्त्रणमा लिएर उनीमाथि अध्यागमन विभागले अनुसन्धान सुरू गर्यो। अनुसन्धानका क्रममा उनी बंगलादेशी नागरिक भएको खुल्न आएको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले जानकारी दिए।
पक्राउ परेका नेपाली पासपोर्टधारी मोहम्मद बेलाल हुसेन बंगलादेशी नागरिक रहेछन्। ‘उनले नेपालको सर्लाहीबाट नागरिकता लिएर पासपोर्ट बनाएको खुल्न आएको छ,’ न्यौपानेले भने ।

हुसेनले सर्लाहीको मधुवन गोठ गाविस वडा नम्बर ८ बाट २०६१ असोज १ गते बाबु मोहम्बद रकुटुब हुसेनको नामबाट वंशजका आधारमा १५६५५०३१/४२६ नम्बरको नागरिकता लिएको खुल्न आएको छ। त्यसपछि उनले सन् २०१३ फेब्रुअरी १३ मा ०६३१०१०४ नम्बरको नेपाली पासपोर्ट लिएका थिए।नेपाली पासपोर्ट लिएर कामका लागि साउदी अरब गएका उनी झन्डै ३ वर्ष त्यहाँ बसेर विदामा फर्किएका थिए।

वयानका क्रममा हुसेनले आफू बंगलादेशी नागरिक भएको र बंगलादेशकै एक जनाले झन्डै १ लाख नेपाली रुपैयाँ लिएर नागरिकता बनाइदिएको बताएका छन्।उनका अनुसार बंगलादेशको एउटा समूह नेपालमा बसेर रकम लिइ नागरिकता बनाइदिने काम गरिरहेको छ।बंगलादेशका नागरिकलाई खाडी मुलुकमा वर्किङ भिसा नदिने गरेको र नेपालीहरुलाई बढी प्राथमिकता दिने भएकाले आफूले नेपाली नागरिकता र पासपोर्ट बनाइ विदेश गएको उनले बताएका छन्।
बंगलादेशीभन्दा नेपाली नागरिकको खाडी मुलुकमा बढी माग रहेको र तलब सुविधा पनि बढी हुने गरेका कारण आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएको अध्यागमन विभागले जनाएको छ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।उनले नागरिकता कसरी लिए भन्ने विषयमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा पत्राचार गरेको उनले बताए। यस विषयमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।

No comments

Post a Comment