एजेन्सी । हाम्रो समाजमा अझैपनि छोरीमाथि भेदभाव कायमै रहेको कुरा यो घटनाले प्रमाणित गर्छ । नेपालको छिमेकी सहर बिहारमा एक दम्पत्तिले आफ्नै छोरीलाई जिउँदै जलाएका छन् ।
विहारको मसौढी पुलिस स्टेशन अन्तर्गत पर्ने पुरानो बजारमा शुक्रबार खुशबू नामकी युवतीलाई उनकै आमा र बाउले जिउँदै जलाएर हत्या गरेका हुन् । हत्याको कारण खुशबूले विहे गर्न अस्वीकार गर्नु रहेको मसौढी प्रहरीले जनाएको छ । खुशबूकी आमाको पहिले नै मृत्यु भइसकेको छ । उनका एक दाई छन् ।
अहिले उनकी सौतेनी आमा छिन् । उनले अहिले नै विहे नगर्ने र आफूले अझै पढ्ने इच्छा जाहेर गरेकी थिईन् । आमा र सौतेनी आमाबाट जिउँदै जलाइएकी खुशबूको शुक्रबार राति पटना मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
खुशबूका दाई अमृत राजले प्रहरीमा उजुरी दर्ता गर्दै भनेका छन्– ‘मेरा पिता सुनील ठाकुर र सौतेनी आमा पूनम देवी र अन्य नातेदार मिलेर खुशबूको यसकारण जिउँदै जलाए कि उनले विहे गर्न अस्वीकार गरेकी थिईन् । उनी अझै पढ्न चाहन्थिन् ।’
१२ कक्षामा अध्ययनरत खुशबू होनहार छात्रा थिइन् । भारतीय च्यानल आजतकका अनुसार मसौढी पुलिस स्टेशनका एसएचओ अरुण कुमार अकेलाले खुशबूको मृत्यु जल्नुकै कारण भएको बताए । उनले भने– ‘हामी उनको मृत्युको अवस्थाबारे अनुसन्धान गरिरहेका छौं । यसका लागि हामी पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छौं ।’ प्रहरीमा दिइएको उजुरीमा खुशबूका दाई अमृतले भनेका छन्– ‘मेरी बहिनी अझै पढ्न चाहन्थिन् तर, पिता र सौतेनी आमाले दुई महिना पहिला नौबतपुरका एक अधवैशे उमेरका पुरुषसँग उसको विहे तय गरिदिएका थिए ।
’ जब खुशबूले यो कुरा थाहा पाइन् तब उनले विहे अस्वीकार गरिन् जसका कारण उनका आमा बुवा निकै रिसाएका थिए । त्यसपछि खुशबूलाई घरमा असह्य यातना दिइयो र बुधबार राति पिता र सौतेली आमा लगायत मिलेर उनलाई जिउँदै जलाएर फरार भए ।
त्यसपछि घटनास्थल पुगेका दाजु अमृतले गाउँलेको सहयोगमा उनलाई लोकल हस्पिटल लगे जहांबाट उनलाई गमभीर अवस्थामा पटना मेडिकल कलेज हस्पिटलमा रेफर गरियो । त्यहाँ पुग्दा उनको मृत्यु भयो । प्रहरीले दाई अमृतको उजुरीका आधारमा मुद्दा दर्ता गरेको छ र घटनाको छानविन गरिरहेको छ । यो घटनाका सबै आरोपी फरार छन् ।
No comments
Post a Comment