काठमाडौँ । केही दिनदेखि उपत्यकामा कडा खालको घाँटी दुख्ने, जिउ दुख्ने र हल्का ज्वरो आउने लक्षण भएका बिरामीको चाप बढेको छ । गर्मी हुने, तर पानी पनि पर्ने मौसम भएका कारण चाँडै टन्सिलको समस्या देखिएर यस्तो भएको हो । छोटो समयमा नै चिसो हुने हुँदा कसैलाई भाइरलका कारणले यस्तो भइरहेको छ भने कतिपयलाई ब्याक्टेरियल इन्फेक्सन पनि देखिइरहेको छ । पछिल्लो समय प्रयोगशाला परीक्षणबाट पनि इन्फ्लुएन्जा बी र हंकङ फ्लुले बढी सताएको छ । यी दुवैको संक्रमण गर्मी मौसममा केही चिसो अनुभव हुनसाथ हुन्छ । साथै धुवाँधुलोको संक्रमणमा ब्याक्टेरियाले सहज रूपमा आक्रमण गरेर पनि यस्तो हुन्छ । रोकथाम/उपचार – – संक्रमितले प्रशस्त झोल पदार्थयुक्त खाना खाने । – नुनपानीले दिनमा तीनपटक कुल्ला गर्ने । – धेरै चिसो (फ्रिजमा राखेको) पानी नपिउने । – हाछ्युँ गर्दा, खोक्दा संक्रमितले रुमालले मुख छोप्ने ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment