Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, March 1, 2017

उडुस निर्मुल गर्न एबम यसबाट बच्न अत्यान्तै प्रभाबकारी घरेलु बिधिहरु जानी राखौं

काठमाडौं । उडुस जुम्रा, किर्ना जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पनि उत्तिकै अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड पूरै घरभरि फैलन्छन् । 
त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर बर्षौ समयसम्म बाँच्न सक्छन् । उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु बारे जानी राखौं 
१. पुदिना : 
उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदिनाका केही पात आफ्नो ओछ्यानको नजिकै वा सम्भाव्य क्षेत्रमामा राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ । 

२. कायेन पेपर रातो खुर्सानी: 
रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् । 
३. लेवेण्डर: 
उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ । 
४. रोजमेरी : 
उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् । 
५. नीलगिरी : 
नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ । 
६. बिनका पात:
बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ । 
७. टी ट्री स्प्रे : 
टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ । 
८. नीमको तेल :
नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ । 
९. थाइम अजवाइनको फूल:
थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ । 
१०. स्वीट फ्लेग: 
स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना उडुस भएको ठाउँमा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।

No comments

Post a Comment