Latest News

Saturday, March 11, 2017

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

नयाँदिल्ली । माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ ।
छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए ।
विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यसतर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ ।
भारतको पूर्वी तथा मध्यभागमा चीनका नेता माओ जेडोङ्गबाट प्रेरित माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन ।किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ । रासस/एपी

No comments

Post a Comment