घोराही, चैत्र ६ । साविक घोराही ७ सेवार निवासि उपेन्द्र थापाले हराएकि आफ्नी श्रीमति र छोरी खोजिदिन सबैमा आग्रह गर्नु भएको छ ।
तिन महीनादेखि श्रीमति सावित्रा थापा र छोरी हराएकाले खोजिदिन प्रहरी, मानवअधिकार कर्मि, पत्रका
र, नागरीक समाज लगायत सबैलाई उहाले अनुरोध गर्नु भएको हो । आफु विदेशमा रहदा कमाएको पैसा, गरगहनासहीत श्रीमति र छोरी हराएको उहाको भनाई छ । विदेशवाट घर आउने भनेर श्रीमतिलाई भनेको र त्यसपछि घर आउदा श्रीमति र छोरी सम्पर्क विहिन भएको पिडित थापाले बताउनु भयो ।
घरपरीवार, छरछिमेकमा खोज्दा नभेटिएको र खोजिदिनका लागि प्रहरी समक्ष उजुरी दिएको उहाले जानकारी दिनु भयो । ‘विदेशवाट घर आउन लागेको खवर श्रीमतिलाई सुनाए, पछि एअरर्पोटमा उत्रिएर पुन श्रीमतिलाई फोन गरे–उहाले गुनासो गर्दै भन्नुभयो–‘तर, त्यसको केही समयपछि श्रीमति सम्पर्क विहीन भइन्, घर आउदा विदेशमा मैले दुख, मेहनत गरेर कमाएको नगद ११ लाख रुपैया र गरगहनासहीत उनि हराएको खवर पाए, त्यो सुनेपछि छागावाट खसेझै भए, स्तब्ध भए।’ २०६३ सालमा सावित्रासंग विहे गरेका थापा बैदेशीक रोजगारीको सिलसिलामा दुवै जानु भएको थियो ।
No comments
Post a Comment