Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, March 5, 2017

होसियार !!! यस्ता लक्षण देखिएमा तपार्इकाे मृगौला फेल हुनसक्छ :: जानकारिको लागि पूरा पढ्नु होस ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

एजेन्सी । मृगौला फेल हुनु भनेको अन्तिम अवस्थामा मृगौलाले काम नगर्नु हो । यदि कोही व्यक्तिको मृगौला फेल भएको छ भने त्यसका लागि केही पनि गर्न सकिँदैन । यसका लागि डाइला
सिस एकमात्र विकल्प हो । यसको माध्यमबाट शरीरको विकार पदार्थहरु बाहिर निकाल्ने काम गर्छ ।
मृगौलासम्बन्धी केही समस्या भएमा पहिला चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । अाज हामी तपाईलाई मृगौला फेल हुँदा के कस्ता लक्षणहरु देखिन्छन् त्यो बारे जानकारी गराउने प्रयास गरेका छौ । जसले तपाईको स्वास्थ्य हेरचाहमा सहयोग पुर्‍याउँछ ।
छालामा असामान्य रुपमा डाबर अाउनु
किड्नीमा समस्या हुँदा शरीरमा विभिन्न प्रकारका डाबरहरु अाउँछ । शरीरमा विषाक्त पदार्थ जम्मा हुने हुँदा छालामा रेसा तथा डाबर अाउँछ ।
एडेमा
एडेमाको पहिलो चरणमा केवल खुट्टा सुनिन्छ । यसकारण यो हुन्छ कि किड्नीले शरीर बाहिर पानी निकाल्न सक्दैन । यसले शरीरमा पानी जम्मा गरेर राख्छ ।

एनिमिया
किड्नीको एक मुख्य काम शरीरमा राता रक्तकोष निर्माणलाई व्यवस्थित बनाउँछ । दुर्भाग्य जब मृगौला फेल हुन सुरु गर्छ राता रक्तकोष निमार्णमा कमी अाउँछ जसकारण एनिमिया हुन्छ ।

बान्ता अाउनु र खानाको स्वादमा कमी अाउनु
मृगौला फेल हुने क्रममा शरीरमा विषाक्त पदार्थहरु बढ्छ जसले गर्दा बान्ता हुन्छ । र खानाको स्वाद पनि बिग्रिन्छ ।

हेमेट्युरिया
जब मृगौला फेल हुने प्रकृयामा पुग्छ, पिसाबमा रगत देखापर्छ । किड्नीमा समस्या हुँदा मानिसहरुमा विभिन्न प्रकारका समस्याहरुको सामना गर्नुपर्छ । जस्तै भ्रम, मतिभ्रम र मुड परिवर्तन ।

पिसाब कम अाउनु
माथिका लक्षणका साथै पिसाब कम अाउँछ भने किड्नीको समस्या भएको छ भनेर अनुमान भने लगाउन सकिन्छ ।

फिँजजस्तो पिसाब अाएमा
यदि पिसाबमा फिँज देखिएमा किड्नीको पहिलो लक्षणको संकेत हो । चिकित्सकका अनुसार शरीरबाट प्रोटिन निक्लनुको कारण यस्तो हुन्छ । त्यसपछि किड्नीको दोस्रो लक्षणमा शामिल हुन्छ ।

भोक कम लाग्नु
शरीरमा अवांछित पदार्थ अावश्यकभन्दा बढी जम्मा हुँदा यस्तो खाले लक्षण महशुस हुने गर्छ । चिकित्सकका अनुसार मृगौला बिरामीहरुमा यस्तो लक्षण अाएमा दोस्रो चरणमा पुगको भन्ने बुझिन्छ । यस्तो लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

दिसामा रगत देखिनु
दिसामा रगत देखिएमा पनि कहिलेकाहीं किड्नी फेल हुने संकेत गरिन्छ ।

श्वास-प्रश्वासमा समस्या
जब मृगौलाको अवस्था खराब हुन थाल्छ, फोक्सोमा तरल पदार्थ जम्छ जसकारण सास लिन असुविधा हुन्छ । एनिमियाका कारण शरीरमा अक्सिजनको कमी हुन जान्छ जसले गर्दा पनि सास लिन कठिन हुन्छ ।

No comments

Post a Comment