Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 10, 2017

मेरी आमा यौनकर्मी भए पनि मेरो लागि भगवान् हुन्’

मेरी आमा यौनकर्मी हुन् र मेरो लागि भगवान्, मलाई उनीमाथि गर्व छ’
के तपाईंले कहिले भगवान देख्नुभएको छ ? २३ वर्षीया तंजिला खातून डान्स ड्रामाको पूर्वाभ्यासमा जानुभन्दा पहिले यस्तो प्रतिप्रश्न गर्छिन् । प्रश्न गरेपछि उत्तर आफैं दिन्छिन्, ‘यो धर्तीमा लाखौं छोरीजस्तै मेरी आमा पनि मेरो लागि भगवान् हुन् । तर मेरो आमाको सम्मान म आफूमात्र गर्छु । संसारका अन्य मानिसहरुबाट उनले गाली खानुपर्छ किनभने उनी यौनकर्मी हुन् ।’
तंजिला डान्स ड्रामाको पूर्वाभ्यास गर्दा बिचमै नखसोस् भन्नका लागि उनले आफ्नो पाउजुको पुनः परिक्षण गर्छिन् । पश्चिम बंगालको २४ परगान जिल्लामा बस्ने तंजिलाले आफ्नो पढाई बिचमा नै छोड्नु पर्यो किनभने उनकी आमा यौनकर्मी हुन् भन्ने कुरा स्कूलले थाहा पायो ।
कसैले उनी पूरबा पश्चिम पारा इलाकामा बस्ने स्कूललाई बताइदिएको थियो जुन रेड लाइट एरियाको लागि बदनाम छ । त्यसपछि उनीमाथि खिल्ली उडाइन सुरु भयो । ‘एक रातको कति लिन्छौ ?’ भन्ने प्रश्नको सामना गर्नुपर्यो । लगातार अपशब्द र अपमानको वर्षा भएपछि तंजिलाले प्रधानाध्यापकलाई यसबारे बताइन् ।
प्रधानाध्यापकले तंजिलालाई साथ दिनुको साटो उनलाई स्कूलबाट निस्कन आदेश दिए । प्रधानाध्यापकले उनी बदनाम ठाउँसँग नाता राख्ने भएकाले उनका कारण स्कूलका अन्य छात्राहरुको भविष्यमा असर पर्ने र पूरा स्कूल नै बदनाम हुने बताउँदै यसो गर्न उनलाई आदेश दिए ।
पढाईमा अब्बल भएपनि तंजिलाको स्कूलमा त्यो अन्तिम दिन साबित भयो । त्यतिबेला ६ कक्षामा पढ्ने तंजिलाले अब उक्त देशको कहिले पनि मुख नहेर्ने निर्णय गरिन् । त्यो दिनदेखि नै तंजिलाले आफ्नी आमाको व्यवसायमा गर्व गर्न सुरु गरिन् ।तंजिला भन्छिन्, ‘मैले आफ्नो बुवालाई देखिनँ र मलाई मेरो बुवाको नाम पनि आवश्यक छैन । मेरी आमाको नाम रादिया हो र म उनीमाथी गर्व गर्ने छोरी हुँ ।’

रादियाको उमेर ५० वसन्त नजिक छ । रादियाले दुई दशकभन्दा बढि यौनकर्मीको रुपमा काम गरिन् । उनी आफ्नो चार सन्तानको गुजारा गर्नका लागि सानो पसल पनि चलाउँछिन् ।
तंजिलाजस्तै रादिया पनि आफ्नी छोरीका लागि त्यस्तै भावना राख्छिन् । रादिया भन्छिन्, ‘‘तंजिला’ को अरबी अर्थ ‘तीर जस्तो नजरको झलक’ । तंजिला पहिले देखि नै एक निडर र अत्मविश्वासी थिइन् । तर पक्का मनसाय र उनको प्रतिभामार्फत उनी अझै आत्मविश्वासी भएकी छिन् । मलाई उनीमाथि गर्व छ ।’

तंजिला भन्छिन्, ‘मेरी आमा यो पेशामा दुई दशकभन्दा पनि धेरै सयमदेखि छिन् । आमाको यहि पेशाका कारण हामीलाई  रातभरी घरबाहिर बस्न भनिन्थ्यो । हामी जीविकोपार्जनका लागि आफ्नो हात, दिमाग र अन्य प्रतिभाको प्रयोग गर्छौं, त्यस्तै उनी (आमा) पनि गुर्नहुन्छ । म उनको पेशामा अलिकति पनि लज्जित छैन । म उनको सम्मान गर्छु र उनको कामलाई पनि ।’तंजिला यतिबेला आमरा पदातिककी सेन्ट्रेल कमिटीकी अध्यक्ष हुन् । साथै उनी कोमल गन्धारमा सिनियर डान्सर हुन् । आमरा पदातिक र कोमल गन्धार दुबै दरबार महिला समन्वयको एक महत्वपूर्ण हिस्सा हो ।दरबार महिला समन्वय समिति सेक्स वर्करको कल्याणका लागि काम गर्दछ ।
स्रोत : रातोपाटी 

No comments

Post a Comment