Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 10, 2017

मोर्चाद्वारा बसमा आगजनी

२७ फागुन । बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् ।
रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्य
कर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो । यात्रुलाई भने केही नभएको बुझिएको छ ।
नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार एमालेले गरेको कार्यक्रम बिथोल्न पुगेका मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडपमा चार जनाको मृत्यु भएपछि मोर्चा सप्तरीले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो । बन्दको अवज्ञा गरेकाले बसमा आगजनी गरेको बताइएको छ ।
यसैबीच, मोर्चाले अह्वान गरेको बन्द आज पाँचौँ दिन पनि सप्तरीमा प्रभाव परेको छ । बन्दले राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानालगायत सम्पूर्ण बन्द रहेको पाइएको छ ।

No comments

Post a Comment