फागुन २३
काठमाडौं – एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजवि
राजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ ।मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ ।त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा पिताम्बर मण्डल र आनन्द शाह रहेका छन्।मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ ।‘घाइते मध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइँदैछ,’ मोर्चाका एक स्थानीय नेताले भने ।
मोर्चातर्फ अन्य ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।साभारः रातोपाटि डट कम बाट
No comments
Post a Comment