आमा मलाइ माफ गरि दिनु होला!!!
आमा,,,,मलाइ हजुरको काखमा खेल्ने रहर पुगेकै थिएन,तपाइँसङ्ग रमाउने,खुशी हुने रहर अनि सपना सपनानै बनेर गयो।बाबाको सपना पूरा गर्नु थियो,ठूलो मान्छे बनेर नाम कमाउने अनि देशको सेवा गर्ने धोको थियो।हजुरहरुका कति सपना थिए होलान,धोका र रहर थिए होलान म माथि....तर
सवै सपना र चाहना हरु खरानी बनेर हावामा विलिन हुन पुगे।घरमा खेलीरहेकी मलाइ अचानक राक्षसले टिपेर लग्यो जसरी कोपिला चुडेर फालिन्छ त्यसरीनै चुडेर फालिदियो।।
म कति रोए,चिच्याए,पीडाले छट्पटिए तर मान्छेको रुपमा जन्मेको राक्षसले केही सुनेन, केही सोचेन ।।।
मलाइ छत बिछत पार्यो र मेरो प्राण हत्या गरि खाल्डोमा पुरीदियो।मेरी आमा,बाबा र सबैसँग कहिल्यै भेट्न् नपाउने गरि मलाइ यो सुन्दर सन्सार बाट बिदाइ गरिदियो।।
नरुनु आमाबाबा मलाइ सम्झेर,नरुनु कोहीपनी मलाइ सम्झेर तर मलाइ न्याय दिनु त्यो राक्षसलाई सजाय दिलाएर।।
मानवता हराएको मेरो देश,कानुन,सरकार,संविधान म ६ वर्षको कोपिलालाई बलात्कार गरि हत्या गर्ने अपराधीलाइ मृत्युदण्डको सजाय दिलाइ मेरो आत्मालाइ शान्ति दिनुहोस।।
म जस्तै बनी मेरा दिदी बहिनीहरुको अस्मिता र प्राण नजाओस्।।त्यो अपराधी राक्षसलाई नछोड्नु होला।।
न्याय पाउ।।
अपराधीलाइ अहिले ३५ वर्ष जेल सजाय तोकिएको छ तर यो अपराधीलाई फासी दिइनु पर्छ।।
- छ बर्सिय स्व.सीता अधिकारी
No comments
Post a Comment