काठमाडौं, २८ फागुन । बालाजु बसपार्कबाट छुट्न लागेको साझा यातायातमा आगो लगाइएको छ।
पेट्रोल बम र खुकुरीसहित आएको समूहले बसमा आगो लगाएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए।बसमा क्षति हुन नदिन प्रहरी आगो निभाउन थालेकोले बन्दकर्ताहरु बताउने युवाहरु भाग्न सफल भएको प्रहरीले बताए।
दीक्षितका अनुसार अहिले बिस्तृत रुपमा प्रहरीमा रिपोर्ट गर्ने काम भइरहेको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले नेपाल बन्दको आह्वान गरेको थियो। यद्धपी घटनाको पूर्ण विवरण भने आउन बाकी छ ।
No comments
Post a Comment