काठमाडौंको बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर मनोहरीकी ३८ बर्षीया रीमा कुमारी राई र स्कुटर पछाडी बसेकी धादिङ खाल्टे की ३५ बर्षीया सोनिया थापा रहेकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बालाजुस्थित माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
No comments
Post a Comment