मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सा
न्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उपि|mनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो
रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गथ्र्याे, ‘अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’
रुद्रले मुक्ति र विठी दुवैलाई हाम्राे गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।
सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, ‘दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्राे सबभन्दा ठूलो परिचय हो ।’
‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’
‘तिमी अवश्य सक्छौ ।’
‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’
‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’
‘तर, सानिमा माल्लिन् र ?’
‘किन नमान्नु ? मैले सकेको गर्छु ।’
त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’
‘सम्पूर्ण भन्नाले….’
‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी …..।
No comments
Post a Comment