चैत १ | एजेन्सी
अष्ट्रेलियाबाट फर्केपछि यी व्यक्तिले आँखा अगाडि साथीमार्फत गराए श्रीमतीको बलात्कार
भारतको हैदराबादमा साथीमार्फत श्रीमतीको बलात्कार गराएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आरोपीले श्रीमतीलाई आफ्ना साथीसँग अनैतिक र अप्राकृतिक यौनसम्बन्ध बनाउनका लागि दबाब दिने गर्दथे । पीडित श्रीमतीले मुद्दा दर्ता गरेपश्चात् पुलिसले अनुसन्धानको लागि आरोपीलाई पक्राउ गरेको छ । उनीसँग सोधपुछ भइरहेको बताइएको छ ।
श्रीमतीको तर्फबाट दर्ता गरिएको उजुरी अनुसार हैदराबादको पुरानो शहरमा उक्त घटना भएको हो । हफिज बाबा नगरमा सलिम नामका एक व्यक्तिले २१ वर्षीया महिलासँग सन् २०१६ को अप्रिल १५ तारिखमा विवाह गरेका थिए । विवाहपछि सलिम अष्ट्रेलिया गए । उनी अष्ट्रेलियाको सिड्नीमा पिजी टेक्नोलोजीको पढाई गरिरहेका छन् ।
अनैतिक कृत्यमा छोराको साथ दिँदै आमाः
आरोप अनुसार सलिम जब अष्ट्रेलियाबाट फर्किए तब उनले श्रीमतीलाई आफ्ना साथी चान्द पाशासँग अनैतिक र अप्राकृतिक यौनसम्बन्ध स्थापित गर्नका लागि दबाब दिए । सलिमकी आमा नूरजहाँ बेगमले पनि यो अनैतिक कृत्यमा छोराको साथ दिएको बताइएको छ । गत मार्च ५ तारिखमा सलिम र चान्द पीडिताको कोठामा जर्बजस्ती छिरेर उनलाई नशालु पदार्थ पिलाए ।
बेहोस भएपछि अप्राकृतिक यौनसम्बन्धः
नशालु पदार्थको सेवनपश्चात् बेहोस भएपछि चान्द पाशाले सलिमको उपस्थितीमा उनलाई बलात्कार गरे । उजुरी अनुसार सलिम र उनकी आमा नूरजहाँले विवाहपछि उनलाई दाइजोका लागि तनाव दिने गर्दथे । महिलाले आफूमाथि भइरहेको क्रुर व्यवहार बारे आफ्नो माइतीमा पनि भनिन् तर कसैले पनि उनको साथ नदिएको उनले बताइन् ।
No comments
Post a Comment