पाण्डुसैन गाउँ विकास समिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन् । उनी अहिले आँखा देख्न र हिडडुल गर्न नसक्ने बनेको आजको राजधानीमा खबर छ |
साथीसँग गफ गर्दै गर्दा पति आएर किन ? कस्लाई ? फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको पीडितले बताइन् । घरमै बसेर कार्यालयको कागजपत्र तयार गर्दै थिएँ, श्रीमान आएर लात्तैलात्ता लगाएको बताउँदै उनले भनिन्, ‘ममाथि कुटपिट हुन थालेपछि छिमेकीको घरमा पुग्न पाएकीले मात्र ज्यान बचेको हो ।
No comments
Post a Comment