Latest News

Tuesday, March 21, 2017

महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन ?? जानिराखौ

महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन ? यो कुरा महिला/पुरुष ज्यादै पिरोल्ने विषय हो । धार्मिक परम्परामा त महिनावारीको वेला सेक्स गर्न बर्जित गरिएको छ । तर, वैज्ञानिक अनुसन्धानले के भन्छ त ? आउनुस्, प्रेम र यौनको श्रृंखलामा यस विषयमा जानकारी राखौं ।महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । 

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन ।
 एक स्वस्थ केटी/महिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एचआईभी तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एचआईभी तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

No comments

Post a Comment