Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, March 5, 2017

सिन्धुपाल्चोकको जंगलमा आफ्नै शिक्षकलाई यौन सम्बन्ध राख्दै गर्दा बिद्यार्थीले रंगेहात पक्रे !

 सिन्धुपाल्चोक इचोक गाविस स्थित महेन्द्र उच्च मावि सुपारीटारमा कार्यरत शिक्षकलाई कारबाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । विद्यालय समयमा विद्यार्थीले देख्ने गरी जंगलमा एक युवतीसँग यौन सम्बन्धमा रहेको देखेपछि विद्यार्थीहरुले प्रधानाध्यापकलाई समेत उजुरी गरेका छन् ।
गत माघ २७ गते दिनको २ः३० बजे इचोककै तिम्बु स्थित भार्के पुरानो झोलुंगे पुल नजिकै जंगलमा स्थानिय शिक्षक शंकर चापागाईं सोही गाविस वडा नम्बर ३ नयाँ बस्तिमा स्थायी घर भएकी एक महिलासँग यौन सम्बन्ध राखेको विद्यार्थीले देखेका थिए । ‘१० कक्षाको टेस्ट परिक्षा चलिरहेको थियो, हामीलाई विदा दिनु भएको थियो,’ एक विद्यार्थीले भनिन्,‘हाम्रो सर त एउटी महिलासँग अनैतिक क्रियाकलाप गरिरहनु भएको रहेछ ।’

आफ्नो शिक्षकलाई त्यो अवस्थामा देखेपछि विद्यार्थी भने डरले चिच्याएको उनीहरुको भनाई छ । विद्यार्थी चिच्याएपछि शिक्षक फरार भएका थिए । यता विद्यार्थी भने घरमा आएर परिवारलाई सुनाउन पुगेका थिए ।
हाम्रो परिवारमा आमा, बुवा लगायत साथीहरु लाई जानकारी गराएपछि हामीले हाम्रो स्कुलमा पनि लिखित रुपमै हाम्रो सर, प्र.अ. नेत्र प्रसाद भट्टराईलाई जानकारी गराउदै निज शिक्षक शंखर चापागाँईंलाई कारवाही को माग गरेका थियौँ ।’ ती विद्यार्थीले भनिन्,‘केही दिनपछि मिति २०७३-११-०६ गते स्कुलमा बेबस्थापन को बैठक बस्ने भएछ ।’
ती विद्यार्थीका अनुसार निवेदन गरेपछि शिक्षकले समेत उनीहरुलाई गालि गलौज गरेका थिए । ‘त्यो शंखर सर को बारेमा स्कुलमा हालेको निवेदन झिकेर ल्याउ अनि सर को बारेमा यस्तो कुरा भन्न हुदैन सर लाई एकपटक माफी दिनुपर्छ भन्दै कसैले सोधपुछ गर्योद भने बाटोमा हिनेको मात्रै देखेको हो भन नत्र राम्रो हुँदैन,’ शिक्षक नवराज गुरागाइंको भनाइ उदृत गर्दै ति विद्यार्थीले भनिन् ।
उनीहरुले आफूहरु समेत शिक्षकबाट सुरक्षित हुने अवस्था नभएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् शिक्षक भन्छन्,‘मेरो बदनाम भयो’
महेन्द्र उच्च माविका शिक्षक शंकर चापागाईंले आफ्नो बदनाम गरिएको आरोप लगाए । ‘मेरो बदनाम गरियो, मैले ती महिलालाई चिनेको छैन,’ ति शिक्षकले भने,‘ती महिलाले समेत होइन भनिसक्नु भएको छ, आवश्यक पर्छ भने म उहाँलाई पनि सम्पर्कमा ल्याउँन सक्छु ।’
दियोपोस्ट बाट साभार गरिएको

No comments

Post a Comment