चैत २ | एजेन्सी
मेलबर्न – विमानमा यात्रा गरिरहेकी एक महिलाले कानमा लगाएको हेडफोन पड्किएको छ ।
बेइजिङदेखि मेलबोर्नसम्मको यात्रा गरिरहेकी ती महिला कानमा हेडफोन लगाएर सुतिरहेकी थिइन् । त्यही बेला उनी ठूलो विस्फोटको अवाजले ब्युझेकी थिइन् ।उनले हडफोन निकाल्दा त्यहाँ आगो झिल्काहरु आइरहेको र केही भागमा आगो लागेर पग्लिरहेको पाइन् ।विस्फोटका कारण उनको अनुहार कालो हुनका साथै उनको हात समेत जलेको छ ।
नाम न खुलाएकी ती महिलाले अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोलाई विस्फोटको बेला आफूले गीत सुनिरहेको बताइन् ।गीत सुनिरहेको बेला मलाई अनुहारमा तातो महसुस भयो । हत्तनपत्त मैले हेडफोन निकालेर फाले । त्यसमा आगो लागिरहेको थियो,’ उनले भनिन् ।
विमानका कर्मचारीले पानी खनाएर आगो निभाएका थिए ।
कुन ब्राण्डको हेडफोन पड्किएको हो भनेर पनि खुलाइएको छैन । तर, त्यसमा प्रयोग हुने ब्याट्रीका कारण यस्तो भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।यसअघि, ग्यालेक्सिी नोट सेभेन पनि विस्फोट हुने समस्या देखिएको थियो ।अस्ट्रेलियन अधिकारीहरुले विमानमा यात्रा गर्दा ब्याट्रीबाट चल्ने विद्युतीय समाग्रीहरु चलाउँदा ध्यान दिन आग्रह गरेको छ ।
No comments
Post a Comment