क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस८ चैत, एजेन्सी । दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको सुडानी अधिकारीले जनाएका छन् ।
विमानमा ४९ जना रहेको र सबै जना सकुशल रहेको विमानस्थलका ती अधिकारीले बताएका छन ।
साउथ सुप्रिम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।“मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ,” वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।
अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्ट भएको छ ।
No comments
Post a Comment