Latest News

Friday, March 24, 2017

Breaking News जीप दुर्घटना हुदा ६ जनाको मृत्यु, ३ जना घाइते क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस

जीप दुर्घटना हुदा ६ जनाको मृत्यु, ३ जना घाइते पुरा समाचार पद्नुहोसप्यूठानको स्वर्गद्धारीमा जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको छ । शुक्रवार विहानै काभ्रेको बनेपाबाट स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको बा १ च १५६१ नम्वरको स्कारपिओ जीप स्वर्गद्धारी नगरपालिका-४ रुमालेमा दुर्घटना भएको हो ।


९ जना सवार जीपमा तीन जना गम्भीर घाइते भएको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन नसकेको उनले बताए । उद्दारका लागि प्रहरी घटनास्थलमा पुग्दै गरेको पौडेलले जानकारी गराए । जीप चालक सहित गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लगिएको छ ।
जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रजिअले बताए । घटनावारे विस्तृत विवरण आउन बाँकी छ । गत साउनको वर्षातमा घटनास्थल रुमालेमा ठूलो पहिरो गइ सडक विग्रिएको थियो ।

No comments

Post a Comment