Latest News

Monday, January 9, 2017

६४ वर्षीया महिला आमा बनेपछि बहादुरीको उपमा

एजेन्सी, चीनमा ६४ वर्षीया एक महिला आमा बनेकी छिन्। चीनको जिलन प्रान्तमा बस्दै आएकी महिलाले अप्रेशनमार्फत ३.७ किलोग्रामको छोरा पाएकी हुन्।
महिलाले आइभिएफको माध्यमबाट गर्भाधारण गरेकी थिइन्। अस्पतालले भने उक्त महिलाको नाम खुलाएको छैन। सामाजिक सञ्जालमा बिहिबार उक्त तस्बिर आएपछि भाइरल भएको थियो। तस्बिरमा प्रसव पीडामा ती महिला र बच्चा हातमा देखाइएको थियो।चीनिया सरकारी सञ्‍चारमाध्यम ‘चाइना डेली’को रिपोर्ट अनुसार महिला र उनका पतिले प्रत्यक्ष भेटघाट गर्न अस्विकार गरिदिएका छन्। तर पारिवारिक स्रोतले भने दम्पतिले आफ्नो पहिलो बच्चा गुमाएको र यसपछि अर्को शिशु जन्माउने निर्णय लिएका थिए।
हालै वर्षमा चीनमा धेरै उमेरको महिलाले आमा बनेकी समाचार आए पनि उनी भने सबैभन्दा बढी उमेरकी हुन्। यसलाई चीनले बहादुरी भनेको छ।

No comments

Post a Comment