कुलेश्वरमा भिषण आगलागी, ६ वटा दमकल र १० वटा ट्यांकरबाट पनि आगो निभाउन हम्मे हम्मे काठमाडौं । आइतबार राती काठमाडौंको कुलेश्वरमा ठूलो आगलागी भएको छ। कुलेश्वरको आवास क्षेत्र गेटको विपरितमा सात वटा सटर भएको घरमा आगलागी भएको जनाकारी जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले दिएका छन् ।
एक घन्टादेखि आगो नियन्त्रणमा लागी परे पनि अझैं आगो नियन्त्रण गर्न नसकिरहेको उनको भनाई छ । साथै काठमाडौं, ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको पनि बताए।
आगो नियन्त्रण गर्नका लागी सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। आगलागीको मुख्य कारण भने खुल्न सकेको छैन।‘६ वटा दमकल र दस वटा ट्यांकरले तीन तीरबाट पानी हाल्दा पनि आगो निभाउन गाह्रो परिरहेको भट्टराईले जानकारी गराएका छन् ।
No comments
Post a Comment