Latest News

Sunday, January 29, 2017

सांस्कृतिक कार्यक्रमको नाममा ‘ठमेल बजार’ गीतमा यी महिलाको हेर्नै नसकिने नृत्य

माघ १६
 सांस्कृतिक कार्यक्रमको नाममा ‘ठमेल बजार’ गीतमा यी महिलाको हेर्नै नसकिने नृत्य (भिडियो)
साधारणतया हामी कलामा निकै उदारवादी छौं । र हामीलाई राम्रोसँग थाहा छ कि एउटा कलामा नग्नता पनि हुनसक्छ । तर, कामुकता र अश्लिततामा भिन्नता हुन्छ । केही समयका लागि यो कामुक देखिएला तर सीमा पार गरेपछि यो अश्लिल हुने गर्दछ । हो, यस्तै भएको छ नयाँ वर्षको उपलक्ष्यमा मलेसियामा आयोजित एक सांस्कृतिक कार्यक्रममा । ‘युनिक सांस्कृतिक धमाका–४’ नाम दिइएको उक्त कार्यक्रममा एक महिलाले ‘ठमेल बजार’ भन्ने गीतमा आफ्नो प्रस्तुती दिइन् ।उनले उक्त गीतमा आफ्नो नृत्यु प्रस्तुत भने गरेकी होइनन् । गीतको तालमा आफ्नो अश्लिलता पस्किँदै लगाएको लुगा स्टेजमा नै फुकालिन् ।
उनीसँगै हाँस्यकलाकार सुलेमान शंकर ‘इक्कु’ पनि नाचिरहेको देख्न सकिन्छ । ती महिलाले बिस्तारै आफूले लगाइरहेको लुगा खोल्छिन् र सुलेमान भने ती लुगालाई भुईंबाट झिकेर आफ्नो हातले घुमाउँछन् र दर्शकमाझ फ्याँक्छन् ।
यी दुबै नाच्दा नाच्दै स्टेजमा नै चुम्बनसमेत गर्छन् ।
सांस्कृतिक कार्यक्रमको नाममा नेपालीहरुले विदेशमा गएर यतिसम्मको अश्लिल हर्कत प्रस्तुत गर्नुलाई तपाईंहरु के भन्नुहुन्छ ? हेरौं निकै भद्दा र ‘सांस्कृतिक’ शब्दकै अपमान गर्ने यो भिडियोः

No comments

Post a Comment