Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, January 31, 2017

दुई लाख रुपैयाँमा यस्तो घर बन्छ,सस्तो घर बनाइदिने जापानी कम्पनीको इच्छा

मियामोतो इन्टरनेसनलले भूकम्प पीडितहरुका लागि सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको छ । इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एचकिट मियामोतोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उच्चतम प्रविधि अपनाएर कम लागतमा धेरै सुरक्षित घर बनाइदिन चाहेको बताए ।
उनले करिब दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय स्रोतबाट घर बनाउन आफ्नो कम्पनी तयार रहेको बताए ।
‘हामीले भूकम्प पीडितहरुलाई सहयोग गरिरहेका निजी कम्पनी, अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायसँग समन्वय गरेर काम गर्न तयार छौं,’ पत्रकार सम्मेलनमा मियामोतोले भने । वैशाख १४ गते नेपाल आएका उनले आफूहरूले ट्रान्जिसन स्टिल स्ट्रक्चर सिस्टम विकास गरेको बताए । ‘यो प्रविधि गाउँहरुमा स्थायी घर बनाउन प्रयोग गर्न सकिन्छ,’ स्ट्रकचरल इन्जिनियरसमेत रहेका मियामोतोले भने । उनले इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर यसलाई थप सुरक्षित र राम्रो बनाउन सकिने बताए । ‘नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ । तर पनि सुरक्षित र कम लागतमा निर्माण गर्ने तरिका छन्,’ मियामोतोले भने मियामोतो इन्टरनेसनलले पहिलो शक्तिशाली भूकम्प गएको ४८ घन्टाभित्र अध्यनन गर्न तीन देशका विज्ञ पठाएको थियो । त्यो समूहले वित्तीय संरचना, स्कुल, अस्पताल तथा घर पूर्ण क्षति भएको र ध्वस्त भएका गाउँहरु ९० प्रतिशतसम्म चर्किएको ठहर गरेको छ । ‘विज्ञ समूहले क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरलाई कसरी भूकम्प प्रतिरोध, बलियो निर्माण र पुनःनिर्माण गर्ने भन्ने जानकारी दिएको छ,’ उनले भने, ‘राम्रो प्रविधिबाट बनाइएका इँटा र ढुंगाका जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने खतरनाक हुन सक्छ ।’ उनका अनुसार मियामोतो इन्टरनेसनलसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनःनिर्माणमा अनुभव छ । मियामोतोले सन् २०१० यता ४ लाख ३० हजार भवन निरीक्षण गरिसकेका छन् । त्यस्तै, १२ हजार घर पुनःनिर्माण गरिसकेका छन् ।source nepali aawaj

No comments

Post a Comment