नायिका रेखा थापाको बिहेको वारेमा चर्चा चल्दै आईरहेको छ । उनको चर्चासँगै उनले विहे गरेको खबर यतिखेर बाहिरीएको छ । छबिराजसँगको डिभोर्सपछि रेखाले पुनः बिहे गरेकी छिन् ।
उनले दिल श्रेष्ठसँग केहि समय पहिले सुटुक्क बिहे गरेकी हुन् । उनको बिहेको वा
रेमा सोमवार समाचार बाहिरीएको छ । रेखा थापाले रियलमा नभई रिल लाईफमा बिहे गरेकी हुन् ।
फिल्म हिरो रिटर्न्सको एक दृश्यमा रेखालाइ अभिनेता दिल श्रेष्ठसँग लगनगाँठो कसेको अवस्थामा देख्न सकिन्छ । उनको यो रिल लाईफको बिहेको समाचारसँगै उनले छिट्टै रियल लाईफमा पनि बिहे गर्न सकिने अनुमान गरिएको छ ।
हिरो रिटन्र्सका निर्देशक आशिष भेटुवाल हुन् । आशिषले पछिल्लो पटक सामाजिक सञ्जालमा फिल्म छायाँकनका केहि दृश्यहरु सार्वजनिक गरेका हुन् । फिल्ममा लगानी चन्द्र गौतमको छ । चलचित्रका मूख्य नायक सविन श्रेष्ठ हुन् । चलचित्र सविन फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
No comments
Post a Comment