Latest News

Friday, January 27, 2017

बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

काठमाडौं- बाउले बिहे गर्दैनन् पोर पनिका गायक एवं मानव वेचबिखन तथा ओसार पसार अपराधका दोषी प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ।ओझालाई मानव वेचबिखन तथा ओसार पसारका दुईवटा मुद्दामा सर्वोच्च अदालतले १० बर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले १० बर्ष कैद फैसला सुनाए पछि ओझा फरार थिए।  
२०७३ माघ ४ गतेको फैसलाले सुनसरी इटहरी नगरपालिका वडा नं. ४ घर भएका ओझालाई  ५/५ बर्ष गरी अदालतले कुल १० बर्ष कैद सजायँ सुनाएको थियो। सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले शुक्रबार शंखमुलबाट  पक्राउ गरी फैसला कार्यान्वयनकोलागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात कैद भुक्तानकोलागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको हो।

यस्तो छ ओझाको अपराध
ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई र अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसंग शारिरिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ। पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो उनीहरुलाई देखाई सार्वजनिक गरीदिने धम्की दिई पुन: पटक-पटक यौन शोषण र अप्राकृतिक मैथुन गर्ने गरेका थिए। खिचेका ती फोटोहरु वेबसाईटमा समेत राखि बेच बिखन गरी पैसा कामाउने उदेश्य राखेको भनी ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी उनलाई दुईवटा मानव बेच बिखन तथा ओसार पसार मुद्दाहरुमा कुल १० बर्ष कैद ठहर गरेको थियो ।फैसला लगत्तै उनी फरार थिए। उनले काठमाडौंमा लुकिछिपि गीत-संगित रेकर्डिङ्ग समेत गर्दै आएको प्रहरीले जनाएको छ।

No comments

Post a Comment