Latest News

Friday, January 27, 2017

दुबईमा सुरक्षागार्डको तलब बढ्यो

काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बृद्धी भएको छ । त्यहाँको नयाँ नियम अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र कम्पनिले राम्रो तालिम दिनुपर्ने भएका छ ।यस अधि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए अब गार्डले १९२० दिराम बुझ्नेछन् । यसवाट दुवईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका नेपाली पनि लाभान्वित हुने भएका छन् ।दुबईमा मंगलबार आयोजित एक सुरक्षा सम्मेलनमा ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटीका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले सुरक्षा सेवाको गुणस्तर पनि कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

No comments

Post a Comment