Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, January 27, 2017

ओली बोल्दाबोल्दै बिजुली गएपछि ढुंगामुढा बर्शायो

स्याङ्जा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको मञ्चमा ढुंगा प्रहार भएको छ । बिहीबारबाट सुरु भएको छैटौँ वालिङ महोत्सवमा ओलीले सम्बोधन गरिसकेपछि ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुधन श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य रवीन्द्रबहादुर प्रजू घाइते भएका छन् । उनीहरूको आँखामा चोट लागेको छ ।
ओलीले महोत्सवलाई सम्बोधन गर्दै गर्दा नियोजित तरिकाले बिजुलीको लाइन
काटिएको भन्दै एमालेनिकट युवाहरूले नाराबाजी र मञ्चमा ढुंगा प्रहार गरेका हुन् । ओलीले महोत्सवलाई सम्बोधन गर्न सुरु गरेको दुई मिनेटमै लाइन गएको थियो । करिब १० मिनेटपछाडि दोस्रोपटक जेनेरेटरबाट आएको विद्युत् पनि बन्द भएपछि हात हल्लाउँदै ओली बिदा भएका थिए । महोत्सवस्थल तनावग्रस्त भएपछि एमाले जिल्ला सचिव सुधीर पौडेलले नाराबाजी रोक्न आग्रह गर्दा युवाहरू झन् आक्रोशित भएका थिए ।
ओलीले निर्वाचन नै संविधानको कार्यान्वयन भएको बताए । आगामी ०७४ माघभित्र तीनवटै निकायको निर्वाचन गरेर संविधान कार्यान्वयन गरी वर्तमान संक्रमणकालको अन्त्य गर्नुपर्ने बताए । देश अहिले संक्रमणकालमा रहेकाले यसको निकासका लागि पनि संविधान कार्यान्वयन जरुरी रहेको उनको भनाइ थियो ।
‘सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ,’ ओलीले भने, ‘देशलाई निकास दिएर संक्रमणकालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।’ उनले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने बताउँदै कुनै शक्ति त्यसका लागि लागे उनीहरूको प्रयास असफल हुने दाबी गरे ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन नभए मुलुक दुर्घटनामा जाने बताए । संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments

Post a Comment