Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, January 26, 2017

जुम्ल्याहा गंगाजमुना सर्पको रूप लिएपछी हेर्नेको भिड

याङ्लुङ: तेह्रथुम आम्बुङ्ग २ भोटेछापका जुम्ल्याहा दुई किशोरीले सर्पको जस्तै व्यवहार देखाउन थालेपछि परिवार तथा स्थानीयबासी चकित परेका छन्।
सुङ्नामका सेसेहाङ्ग खवाहाङ्गका १२ वर्षिया जुम्ल्याहा छोरीहरू गंगा र जमुनाले सर्पको जस्तै व्यवहार देखाउन थालेपछी स्थानीय आश्चार्यमा परेका हुन। सुङ्नाम घर भए पनि हाल आमासहित मामाघर आम्बुङ्गमा बस्दै आएका किशोरीमा सर्पको व्यवहार देखिएपछि उनीहरूलाई हेर्न आउनेहरूको भीड बढेको छ।

छोरीहरूले सर्पले टाउको फुलाए झैं दुवै हात माथि उठाएर नाच्ने र भुँईमा डस्नेलगायतको व्यवहार देखाउने गरेको आमा मैतमायाँ लिम्बुले बताइन्। 'छोरीहरूले १० दिन अघिदेखि यस्तो व्यवहार देखाउन थाले,' उनले भनिन, ' हामी सवै आश्चार्यमा परेका छौ।' दुवै छोरीले सर्पको व्यवहार देखाउँदै स्थानीय सिंहदेवी जलकन्या मन्दिरको मूलमा नाग मारेको र मन्दिरमा फोहोर गरेको बक्ने गरेको उनले बताइन्। किशोरीहरूले मन्दिर परिसर सरसफाई गर्नुका साथै नयाँ मन्दिर निर्माण नभएसम्म आफुहरूलाई ठिक नहुने बताउने गरेको छिमेकी हरी भण्डारीले बताए।
किशोरीहरूले मन्दिर सफाई गर्न भनेपछि स्थानीयबासीले शुक्रबार मन्दिर परिसर सरसफाई गर्नुका साथै फूलका विरुमा समेत रोपेका छन्। करिव दुई सय जना भेला भई मन्दिर परिषर सरसफाई गरिएको भण्डारीले जानकारी दिए ।
सर्पको जस्तै ›यवहार देखाउन थालेपछी छोरीहरूले खाना समेत खान छाडेको आमा मैतमायाँले बताईन्। उनीहरुले फलफूल मात्र खाने गरेका छन्। छोरी गंगा र जमुनालाई हेर्न दैनिक डेढ देखी दुई सय जनासम्मको भिड लाग्न थालेको उनले बताईन्। 
नातिनीहरुमा दैनिक २ देखी ३ पटक सम्म सर्पको जस्तै व्यवहार देखाउने गरेको ६१ वर्षिया हजुरआमा बुद्धिमायाँ लिम्बुले बताइन्। उनका अनुसार नातिहरुले एक पटकमा आधा घण्टादेखी २/३ घण्टासम्म यस्तो व्यवहार देखाउने गरेका छन्। सर्पको जस्तै व्यवहार देखिनथालेपछि नातिनीहरु मन्दिरतिर जाने गरेको बद्धीमायाले बताइन्। आम्बुङ्ग भोटे छापस्थित सिंहदेवी जलकन्या मन्दिरको २००८ सालमा स्थापना गरिएको थियो।

No comments

Post a Comment