Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, January 28, 2017

बागमती सफाइः दुई अपांग छोरालाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि.

काठमाडौं, माघ १५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको १९४औं हप्तामा शनिबार गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए ।
सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गरेका थिए ।
सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सन्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो ।
आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाइमै सहभागी हुन नेपाल आएको आयोजना प्रमुख सिंहले बताए ।सफाइमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो ।
सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाइ महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्रयाक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गरिन् ।सफाइसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सन्चालन गर्नेक्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपांग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि उपचार एवं शिक्षा–दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग संकलन भएको मुक्तिनाथ विकास बैंकका सन्चालक नारायण श्रेष्ठले जानकारी दिए ।

‘टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत् रु एक लाख, बैंकले रु १० हजार र सफाइमा उपस्थितबाट रु २८ हजार ९६० संकलन गरिएको, थप उपचार एवं शिक्षा–दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ’–उनले भने ।रुद्रमती सफाइको १५३औं हप्तामा शनिबार नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
सफाइमा काठमाडौं महानगरपालिकाका वडा नम्बर–४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरुलगायतको सहभागिता थियो ।सफाइको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गरेका थिए ।
अर्को शनिबार १५४औं हप्ताको रुद्रमती सफाइ गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताए ।विष्णुमती सफाइको १२६औं हप्तामा शनिबार तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी ६ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
महादेव खोलाको सफाइमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताए । धेरैजसोले सेफ्टीट्यांकी नबनाइ सीधै खोलामा ढल हालेको पाइएको उनले जानकारी दिए ।
नख्खुखोला सफाइको ७०औं हप्तामा शनिबार कार्यविनायक नगरपालिका वडा नम्बर–२ फूलबारीमार्ग र फूलबारी बगैंचा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाइ अभियानका संयोजक बलुदेव पाण्डेले बताए ।

संकलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ ।
यसैगरी, गुह्येश्वरीमाथिको बागमती नदीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । रासस

No comments

Post a Comment