Latest News

Sunday, January 29, 2017

विभत्स हत्या : जब छोराले दिउँसै बाबुमाथि अन्धाधुन्द छुरा प्रहार गरे

काठमाडौं,  धरानमा एउटा छोराले बाबुको विभत्स हत्या गरेका छन् । घरमा प्रयोग गरिएको इन्भर्टर हराएको निहुँमा आइतबार दिउँसो धरान–१५ पतन्जलीमार्गमा छोराले बाबुको हत्या गरेका हुन् ।
२२ वर्षीय छोरा साइमान कार्कीले ४५ वर्षीय बाबु अटलराज कार्कीको विभत्स हत्या गरेको धरान प्रहरीले जनाएको छ ।घरमा बत्ती बाल्न प्रयोगमा रहेको इन्भर्टर हराएको निहुँमा बाबुछोराबीच भनाभन भएपछि साइमनले बाबुमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहार गर्ने साइमान कार्की फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

No comments

Post a Comment