एजेन्सी । हिजोआज प्लास्टिक सर्जरी सामान्य बन्दै गएको छ । मोडलीगं, गीतसंगीत र फिल्म क्षेत्रका जो कोहीले पनि प्लास्टिक सर्जरी गर्नु अनिवार्य जस्तै भएको छ । अझ युवतीहरुले त सुन्दरी देखिनका लागी यो काम गर्न छुटाउँदै छुटाउँदैनन् । जसका कारण पछिल्लो समय कतिपय सुन्दरीहरुले ज्यान समेत गुमाएका छन् । जसको पछिल्लो उदाहरण बन्न पुगीन् ग्वाटेमालाकी एक मोडल ।
२२ वर्षीया मेलानी मोन्टेनेग्रो इक्वेडरको ग्वायाक्वील शहरमा डा। फिलिपेको क्लीनिकमा लिपोसक्सन प्लास्टिक सर्जरी गरीरहेको समयमा हृदयघात भएपछि तत्कालै निधन भएको परिवारलाई उद्धित गर्दै प्रहरीले जनाएको छ अन्तराष्ट्रिय मिडियाका अनुसार प्लास्टिक सर्जरी गरीरहेका चिकित्सकले मृत्युको खबर लुकाएपछि प्रह।प्को सहारा लिएर अनुसन्धान सुरु गर्नु परेको छ ।
मेलानीको परिवारका अनुसार क्लीनिकका मालिकले फोन गरेर छोरीको मृत्युको खबर सुनाएका थिए । मेलानीले मेडिकल टोलीलाई अपरेशनका दौरान प्रयोग हुने औषधिसँग एलर्जी रहेको नबताएको कारण हृदयघात भएको भन्दै आफ्नो बचाउ गरेका छन् । घटनापछि प्लास्टिक सर्जरी गर्ने चिकित्सक फरार भएपनि उनको खोजीकार्य जारी राखिएको बताइएको छ ।
No comments
Post a Comment