Latest News

Tuesday, January 3, 2017

नेपाली महिला भारतमा बलात्कृतः गुप्ताङ्गमा हालिएको बेलना शल्यक्रियापछि निकालियो

पुस १८  |   एजेन्सी
नेपाली महिला भारतमा बलात्कृतः गुप्ताङ्गमा हालिएको बेलना शल्यक्रियापछि निकालियो
भारतको उत्तराखण्डको हल्द्वानीमा अवस्थित जजफार्मको कोठा बाहिर सुतिरहेकी नेपाली महिला गत डिसेम्बर २५ तारिखमा बलात्कृत भएकी छिन् । उनी बलात्कृत मात्रै होइन, उनको गुप्ताङ्गमा बेलनासमेत हालिएको थियो जसलाई डाक्टरहरुले शल्यक्रियामार्फत निकालेका छन् ।
घटनापश्चात् यतिसम्म लापरवाही अपनाइएको छ कि यो घटनाको खुलासा पाँच दिनपछि भयो । यस विषयमा न त अस्पतालका कोही प्रतिनिधिले न त महिलाका श्रीमानले यस विषयमा प्रहरीलाई जानकारी दिए ।
८ दिन अघि महिलामाथि भएको यौनहिंसाको मुद्दा अहिलेसम्म पुलिसमा दर्ता भएको छैन । पुलिसले पीडिताका श्रीमान् वा एनजीओले यस विषयमा रिपोर्ट दर्ता गराउने बताएको छ । यद्यपी, पुलिसले श्रीमानलाई पनि शंकाको घेरमा राखेको बताएको छ ।
पुलिसले पीडित महिलाको गत शुक्रबार बयान लिएको छ । अँध्यारो भएकाले उनले आफूलाई बलात्कार गर्ने व्यक्ति पहिचान गर्न नसकेको पुलिसलाई बताएकी थिइन् ।
घटनास्थलको अनुसन्धान गरेपछि पुलिसले घटनामा श्रीमानको भूमिका संदिग्ध रहेको बताएको छ । पुलिसले पीडिताका श्रीमान् पनि अनुसन्धानको दायरामा भएको जानकारी दिएको छ । ‘घटनास्थलको निरिक्षण गर्दा पीडिता र उनका श्रीमान् सुत्ने स्थानको दूरी निकै कम थियो । जब महिला बलात्कृत भइन् तब महिला चिच्याएको आवाज उनले किन सुनेनन् ?,’ पुलिसले प्रश्न सोधेको छ ।पीडित नेपाली महिलासँग ती व्यक्तिको दोस्रो विवाह भएको पुलिसले बताएको छ ।

No comments

Post a Comment