Latest News

Wednesday, January 4, 2017

पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची, १८ वर्षअघि डाक्टरले नै छाडेको आशंका

हनोइ, पुस २० । शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची हालै निकालिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको पेटमा १८ वर्षअघि शल्यक्रियाकै क्रममा चि
कित्सकले भूलवस कैंची छाडेका थिए ।
उत्तरी भियतनामको थाइ नुभेन प्रान्तका ती पुरुष हालै एउटा दुर्घटनाको शिकार भएका थिए । घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएका उनको अल्ट्रासाउन्ड गर्दा चिकित्सकले पेटमा कुनै धारिलो बस्तु रहेको पत्ता लगाएपछि शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि उनको पेटबाट १५ सेन्टीमिटर लामो कैंची निकालिएको हो । त्यसअघि पेटमा कैंची रहे पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताइएको छ ।स्थानीय संचारमाध्यमका अनुसार सन् १९९८ मा पहिलोपटक उनको शल्यक्रिया भएको थियो । उक्त कैंची त्यतिबेला नै चिकित्सकले भूलवस उनको पेटमै छाडेको बताइएको छ ।भियतनामको स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई एक साताभित्र ती व्यक्तिको पेटमा कैंची कसले छोडेको हो भन्नेबारे प्रतिवेदन पेश गर्न आदेश दिएको छ । (एजेन्सी)

No comments

Post a Comment