Latest News

Monday, January 2, 2017

Breking News.. मोटरसाइकल दुर्घटनामा भक्तपुरमा एक जनाको मृत्यु.. २ जना घाइते...

भक्तपुरको सूर्यविनायकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट जिल्ला चोर्थे–९ का २८ वर्षीय युवराज श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर कन्ट्रोलका अनुसार तीनजना सवार बा२४प ४९९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना भएको थियो ।मृतकको टाउकोमा गम्भीर चोट लागेकाले भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलमा सवार २० वर्षीय अनिल राई र २१ वर्षीय विराज गुरुङको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

No comments

Post a Comment