प्लिज जति सक्दो share गर्नुहोला है पढी सकेपछि !! यो दुर्घटना हुनु बाट जोगाउनु हामी सबैको क्रतब्य हो र यहि नै मानव सेवा पनि हो ! मलेशियामा काम गर्नेको हालत हेर्नुस् त मलेशिया जानेको हालत । मासिक रुपमा यति पाइन्छ । सुरक्षा हुन्छ । औषधी मुलो हुन्छ । बस्ने ठाउँ राम्रो हुन्छ । भिसामा शिर ठाडो पारेर काम गर्न पाइन्छ भन्दै गाउँका सोझा युवाहरुलाई लगेर यसरि फसाइन्छ । बिना भिसा लुकेर काममा लाग्न दबाब दियो । नमाने
मा यसरि ताता फलामका रडले निलडाम बस्नेगरि कुट्यो । त्यहाँपनि बिदेशीसित मिलेर नेपालीलाई ठग्ने, फसाउने, लोभ्याउने र पछि कुटपिट, यातना दिनेमा भारतेय समेत निकै छन् । तनहुँका साङ्गे आफैंले यसरि कुटाई खाएपछि फोटो र जानकारि दिएर सार्वजनिक गरिदिन आग्रह गरेका हुन् । अरु नेपाली नपरुन्, नफसुन् भनेर सचेत बनाउन उनले आग्रह गरेका हुन् । सम्पुर्ण नेपाली दाजु भाईहरु । हेर्नुस् मलेशियामा संचालित सिक्युरिटी कम्पनी प्रोडक्टलाईन सेक्युरिटी (proDakTalaaiina sekyuriTee) । प्रिमा सेक्युरिटी (Prima Security) । बार्तन सेक्युरिटी (baartana Security) । जेक्स मेनेजमेन्ट (Jecks Management) । एक्सेलेन्ट सेक्युरिटी (Excellent Security)) का संचालकद्वय मेडम ज्याक र मिस्टर हरबिन्दर सिंले यि माथी उल्लेखित कम्पनीहरुबाट नेपालीहरुलाई कन्ट्याक्ट्मा लिएर कम्पनी संचालन गरिरहेका छन् । तर अहिले नेपालीहरुलाई प्रथम बर्ष भिसा लगाइदिने र दोस्रो बर्षबाट अबैधानिक बनाई काममा निरन्तरता दिनको लागि दबाब दिँदै आएका छन् । त्यसरि बस्न नमान्ने, हक अधिकार खोज्नेहरुलाई मलेसियाका गुन्डाहरु लगाएर निर्ममता पुर्बक कुटपिट गर्दै आएका छन् । यदि अस्पत्ताल या कतै उजूरी गरे ज्यान मार्ने धम्कि दिने गरेका छन । नटेर्नेहरुलाइ मलाई झैं कुटेर घाईते बनाउँछन् । त्यस कारण मलेशिया सिक्युरिटी कम्पनीमा आउन चाहने नेपाली दाजुभाइहरुले निम्न माथि उल्लेखित कम्पनीमा नआउनु हुन हार्दिक अनुरोध गर्दछु । यसलाइ धेरै भन्दा धेरै नेपालीमाझ पुर्याइदिन आग्रह गर्दछु!!!>>???
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment