काठमाडौं, १ चैत करिब २ वर्ष अगाडि गएको विनासकारी भूकम्पपछि आश्रय स्थल बनेको काठमाडौंको चुचेपाटी स्थित ताराचौरका भूकम्प पीडितहरुको अस्थायी टहरा सरकारले हटाएको छ । भूकम्प पीडितहरुले प्रयोग गर्दै आएको उक्त ठाउँमा वसोवास गर्दै आएका पीडितहरुलाई पूर्वजानकारी दिइएपनि अटेर गरेर बसेको भन्दै लगभग ३ सयको हाराहारी प्रहरी परिचालन गरेर दुइवटा जेसिबि स्काभेटरले सबै टहरा भत्काइएको हो ।
पीडितहरुले भने आफूहरुलाई पुर्व सूचना पनि नदिई बिहानै आएर टहरा भत्काई दिएको गुनासो गरेका छन् । उनीहरुले आफै सर्ने तरखरमा रहेपनि प्रशासनले जर्बजस्ती गरेको आरोप लगाएका छन् । ‘हामीलाई वस्ने प्रवन्ध छैन बाहिर कोठा पाइदैन । अब कता जाने ?’ उनीहरुको प्रश्न छ । प्रहरी प्रशासननै लगाएर आफुहरुलाई हटाएपनि आफ्नो विचल्ली भएको उनीहरुले दुखेसो पोखे ।
No comments
Post a Comment