Latest News

Tuesday, March 14, 2017

रुपन्देहीको सैनामैनामा ह्विङ्गर र मोटसाईकल जुध्दा दम्पतीको मृत्यु

नागरिक आवाज/बुटवल, चैत १ ।
रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुदा श्रीमान श्रीमतीको ज्यान गएको छ ।
सैनामैना २ झारबैरामा ठक्कर दिदा मोटरसाइकल चालक ४८ वर्षका नारायण खनाल र उहाकी ३२ वर्षकी श्रीमती कमला खनालको ज्यान गएको हो ।पश्चिमबाट पूर्वतर्फ आइरहेकोे लु १ ज २२३० र लु १ ज २९६२ नम्बरको ह्विङ्गर र लु ९ प ४४८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।  ती तिनवटै साधन एउटै दिशातर्फ आउदै थिए ।
ओभरट्रयाकका क्रममा ती सवारी जुधेका हुन् । दुर्घटनामा घाइते दुबै जनाको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ठक्कर दिन सवारी साधन प्रहरीको नियन्त्रणमा छन् ।

No comments

Post a Comment