Latest News

Tuesday, March 14, 2017

कुवेतमा एक युवाको रहस्यमय मृत्यु, चार नेपाली युवा नियन्त्रणमा

माधव शाही-, १ चैत्र २०७३
कुवेत । कुवेतमा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुने सङ्खुवासभाका सचिन राईको रहेको यहाँको प्रहरीले जनाएको छ।कुवेतको मंगाफमा बस्दै आएको क्याम्पको चौथो तलाबाट खसेर सचिनको मृत्यु भएको हो। सोमबार दिउसो साथिहरूसँग रमाइलो गरेका राई राती करिव सवा ११ बजे झ्यालबाट खसेका र उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।उनको शव अदान अस्पतालमा राखिएको छ भने उनी सँगै बस्दै आएका चारजना साथिहरुलाइ प्रहरीले सोधपुछको लागि लगेको छ।घटनाको बारेमा स्थानीय प्रहरीले अनुसन्धान थालेको छ।

No comments

Post a Comment