Latest News

Tuesday, March 21, 2017

कुवेतबाट १६ वर्षपछि काठको बाकसमा फर्किए कृष्णबहादुर

कुवेतबाट १६ वर्षपछि काठको बाकसमा फर्किए कृष्णबहादुर
कुवेत – सुन्दर भविष्यको सपना बुनेर परदेशिएका अधिकाशं नेपालीका सपना बिदेशमै तुहिन्छन, विदेश आएर केहि नेपाली सफल भएका छन् त केहिको जीवनमा बज्रपात नै परेको छ  यस्तै बज्रपात परेको छ लमजुङ जिल्ला बेसीशहर–६ घर भएका कृष्ण बहादुर परियारको परिवारमा । आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेका कृष्णबहादुरले परिवार खर्च चलाउनु त पथ्र्यो नै, एक छोरा एक छोरीको लालन पालनमा उनकै भर पर्नुपर्थ्यो  ।

श्रीमान परदेश गएपछि घरको अवस्था सुध्रिनेमा श्रीमती ढुक्क थिइन र परिवारको मन्जुरीमा उनि १६ बर्ष पहिले कुवेत हानिए, पहिले त कृष्णबहादुर निरन्तर परिवारको सम्पर्कमा थिए कमाइ पनि राम्रै थियो घर खर्च चलिरहेको थियो, सबै जना खुसि थिए । कुवेतको वाताबरणमा रमाउदै आएका उनि एकाएक परिवारबाट टाडा हुदै गए ‘न घरमा पैसा नै पठाए न सम्पर्कमा नै रहे’ यसो गर्दागर्दै कुवेतमा उनि १६ बर्ष बसे तर नेपाल फर्कने सोच कहिले बनाएनन् ।
कुवेतको हवाली एरियामा १६ बर्षदेखि सिलाईको काम गर्दै आएका ४६ वर्षीय कृष्णबहादुरको गत फागुन १८ गते सुतिरहेको ठाउँमा असामयिक निधन भएको थियो । १६ बर्षसम्म स्वदेश नफर्केका कृष्णबहादुर स्थानीय समय अनुसार बेलुका ९ बजे काठको बाकसमा फर्किए  मृतक कृष्णको शव नेपाल पठाउन दुताबासलाई हम्मेहम्मे पर्यो, सानो कम्पनीमा काम गर्ने र बिगत १६ बर्षदेखी जीवनबिमा, श्रम सम्झौता नभएकाले आवश्यक कानुनी सहयोग गरि आर्थिक जुटाउन नसकेको नेपाली दुताबास कुवेतका द्दितीय सचिब भोगेन्द्र लिंग्देन बताउछन ।

मृत्यु भएको २० दिनपछी आज बिहान नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजे दलित एकता संजाल नेपालका पदाधिकारीहरुले शव बुझ्दै परिवारको जिम्मा लगाएका छन् ।

छोरीको बिबाह भैसकेको छ, छोरा काठमाडौंमा होटलका भाँडा माझेर पढिरहेका छन् श्रीमती कहिले छोरासंग त कहिले छोरीको घरमा बसेर गुजारा चलाउदै छिन । यता दलित एकता एकता संजाल कुवेतले सहयोग गर्ने आश्वासन दिएको छ ।

No comments

Post a Comment