शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
प्रश्नः म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमान्को वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ?
शीघ्र स्खलन के हो ? किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन -भबचथि भवबअगबितष्यल) भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ ।
यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा दम्पतीमा भर पर्छ । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके तपाईंलाई सहयोग पुग्थ्यो । योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ? प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् ।
घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र स्खलन हो । तपाइर्ंले पत्रमा उल्लेख गर्नुभएअनुसार निरन्तर शीघ्र स्खलनको समस्या छ र तपाईंको यौनसन्तुष्टि प्राप्तिमै नकारात्मक प्रभाव परेको छ । यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारणको मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नी श्रीमती वा यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता -उभचायrmबलअभ बलहष्भतथ) ले समस्या बढाउँछ ।
विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन । आक्कल- झुकक्ल यस्तो शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे झनै समस्या बढाउँछ ।
शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ः यौनसम्पर्क रोक्ने-सुरु गर्ने ः यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।
आशन परिवर्तन गर्ने ः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
No comments
Post a Comment